आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको यसरी हेर्नुहोस्

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०७:२३ मा प्रकाशित

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन् । तपाईंले आफ्नो मतदाता परिचय पत्र लिएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सकिनेछ ।


साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ ।


त्यसको लागि यहाँ क्लिक गर्नुहोस् ।