त्रिभुवन विमानस्थलबाट सुनको बालासहित दुई जना पक्राउ

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०८:४८ मा प्रकाशित

काठमाडौं । प्रहरीले शुक्रबार त्रिभुवन विमानस्थलबाट तीन थान सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ।

 

मलेसियाबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाएर ल्याइएको सुनको बालासहित शुक्रबार बिहान ११ बजे दुई जना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।


पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका ३ का धर्मबहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका १० का हरिप्रसाद गिरी छन्।

 

सुनारको साथबाट सय ग्रामका दुई थान बाला र गिरीको साथबाट पचास ग्रामको एक थान बाला बरामद भएको प्रहरीले जनाएको छ।


दुबैलाई कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।