घट्यो सुनचाँदीको मूल्य

न्युजलय १२ फाल्गुण २०७९, शुक्रबार ०४:५० मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । 

 यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम  छ ।