सुनको मूल्य घट्यो

न्युजलय ९ चैत २०८२, सोमबार ११:०६ मा प्रकाशित

काठमाडौं ।  सोमबार सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ६ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७५ हजार  ५०० कायम भएको छ। आइतबार एक तोला सुनको मूल्य २ लाख ८२ हजार पुगेको थियो।

सुनको मूल्य ओरालो लागेसँगै आज चाँदीको भाउ पनि घटेको छ।  महासंघका अनुसार आइतबारको तुलनामा ११५ रुपैयाँले घटेर प्रतितोला चाँदी ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।