इटहरीस्थित जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहारमा सापकोटाले पाए कुलर

न्युजलय २१ चैत २०८०, बुधबार ०९:१८ मा प्रकाशित

इटहरी । इटहरीमा सञ्चालनमा रहेको नेपाली जुत्ता चप्पल बिक्री केन्द्रको बम्पर उपहार इटहरीका धर्म सापकोटाले जितेका छन् । 


होली पर्वको अवसर पारेर उपभोक्ताका लागि बिग सेल विग अफरमा बम्पर उपहारको लक्की ड्र गरी उपहार वितरण गरिएको हो । इटहरी वडा नम्बर १७ का धर्म सापकोटाले उपहारस्वरुप ५५ लिटरको एयर कुलर प्राप्त गरेका छन् ।


बिक्री केन्द्रका व्यवस्थापक चक्र बिष्टले सापकोटालाई कुलर हस्तान्तरण गरेका थिए । लक्की ड्र मार्फत इटहरी ५ कि सृजना मगर, इटहरी ६ का अर्जुन संग्रौला र रामधुनी ६ का विष्णु खड्कालाई सान्त्वना पुरस्कार दिइएको थियो ।


इटहरी पश्चिम लाईनमा रहेको सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षमा सस्तो मुल्यमा विभिन्न नेपाली ब्राण्डका गुणस्तरीय जुत्ता चप्पलहरु बिक्रि भइरहेको छ ।


जसमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका विभिन्न मोडलहरु छन् । कम्पनिबाट उत्पादन भएको जुत्ता सिधै बिक्रि केन्द्रमा राखिएकोले उपभोक्ताले कम मुल्यमा स्तरीय सामानको सुविधा पाएको विष्टले जानकारी दिएका छन् ।