काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।