आज ५ आषाढ २०८३ शुक्रवारको राशिफल

न्युजलय ५ असार २०८३, शुक्रबार ०५:४१ मा प्रकाशित

मेष । आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनबाट बच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

वृष । जीवन साथीबाट उपहार मिल्न सक्छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो ह‍ो भने शुभ अंक ६ रहेको छ।

मिथुन । मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगरौँ। आकस्मिक धनहानिका योग छन्। ठूलो निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट । कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। अरुका लागि बुद्धि खर्चनुपर्ला। विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

सिंह । समय उत्तम रहनेछ। शेयर मार्केट वा भवन निर्माण सम्बन्धी कार्यले लाभ दिनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिस्थितिले स्वतन्त्रमा बाधा पुर्याउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या । कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। जीवनसाथीको स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। न्याय विरुद्ध कुनै कार्य नगर्नुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला । समाजमा सम्मान बढ्नेछ। व्यापारमा लाभ रहनेछ साथै सरकारी नोकरीमा रोकिएका कार्य बन्नेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । सामाजिक जीवनमा मान सम्मान बढ्नेछ। घरपरिवारमा मांगलिक आयोजनले प्रसन्नता मिल्नेछ। निजी कार्यको लागि दौडधुप धेरै रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु । प्रियजनहरूबाट उपहार पाएर खुसी मिल्नेछ। यात्रा सुखमय रहनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। साहित्यिक क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सानोतिनो कुरालाई लिएर पारिवारिक मनमुटाव रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। सहकर्मीहरूले राम्रो साथ दिनेछन्। धनार्जनका नयाँ स्रोतहरू बन्नेछन्। सामाजिक दायित्वको निर्वहनमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मीन । साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। इष्टमित्रसँगको मनमुटाव सुल्झिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

स्रोत हाम्रोपात्रो