विराटनगरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

न्युजलय १६ पुस २०८२, बुधबार ०५:२३ मा प्रकाशित

विराटनगर । विराटनगरमा स्कुटर दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।  

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि बी आर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर मंगलबार राति दुर्घटनामा परेको हो ।

विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मोहमद राजाको मृत्यु भएको छ । 

मोरङ ट्राफिकका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको बताइएको छ ।

घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ । स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।