इटहरी । एरिना ग्रुप अफ कम्पनीले इटहरी उपमहानगरपालिका वडा नं. १२ विराटनगर लाईनमा एरिना बेंक्वीट सञ्चालनमा ल्याएको छ ।
विभिन्न सभा, समारोह आयोजना गर्न सहज र सरल हुने बेंक्वीट एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । १२ करोडको लगानीमा सो बेंक्वीट सञ्चालनमा ल्याएको प्रबन्धक तथा उद्यमी समिर कार्कीले बताएका छन् ।
एरिना ग्रुप अफ कम्पनीबाट विभिन्न व्यवसायहरु सञ्चालन हुँदै आएका छन् । उद्यमी कार्कीले सञ्चार, यातायात, विद्यालयका छात्रा लक्षित सेनिटरी प्याड हुँदै अहिले बेंक्वीट सञ्चालनमा ल्याएको बताएका छन् । योसँगै आउने दिनमा एरिना ग्रुपले होटलमा समेत लगानी गर्ने प्रबन्धक कार्कीले बताए ।
वर्थडे, वैवाहिक कार्यक्रम, सभासम्मेलन, सेमिनार, गोष्ठी, तालिमलगायतका भिडभाड रुपमा गर्नुपर्ने हरेक कार्यक्रम सो बेंक्वीटमा गर्न सकिने भएको छ । २९ हजार स्क्वायर फिटमा तीन वटा सुविधा सम्पन्न हल मा दुई हजार भन्दा बढी मानिसलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने गरी सो बेंक्वीट तयार पारिएको कार्कीले बताए ।