आज २१ आश्विन २०८१ सोमवारको राशिफल

न्युजलय २१ असोज २०८१, सोमबार ०६:०९ मा प्रकाशित

मेष । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृष । सामाजिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

मिथुन । आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह । आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कन्या । आज नयाँ कार्यको योजना बन्नेछ । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनेछ । प्रेम जीवन सफल र लाभदायक यात्रा पनि हुनेछ ।

तुला । दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

वृश्चिक । आज शुभ र मङ्गल कार्यको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै कुराले मन प्रसन्न रहला र शेयर बजार लगायत आर्थिक क्षेत्र राम्रै रहला ।

धनु । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन पनि विचलित रहनसक्छ ।

मकर । आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन । आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

स्रोत : हाम्रो पात्रो