सुनसरी । तामाङ जातीको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण हुन लागेको फिल्म ‘चारदाम’ को शुभ मुहुर्त गरिएको छ । फिल्मलाई कोशी भिजनको ब्यानरमा निर्माण गरिने भएको हो ।
चारदाम फिल्मका कलाकारहरू सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई रहेका छन् ।
निर्देशक तथा लेखक लाखमान योन्जन तामाङ, छायांकन तथा मुख्य सहायक निर्देशक सुमन योन्जन तामाङ, निर्माता मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् ।
फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । फिल्मलाई भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ ।