भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

न्युजलय ४ पुस २०७८, आइतबार ०१:५९ मा प्रकाशित

  काठमाण्डौ । भुटानले आफ्नो सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल्गी खोर्लो’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ । 

भुटानको प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पोस्टमा भारतीय प्रधानमन्त्री मोदीलाई त्यो पुरस्कारबाट सम्मानित गरिएको जानकारी गराइएको छ ।

‘भुटानी राजाबाट सर्वोच्च नागरिक सम्मानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई छानेकोमा खुसी व्यक्त गरेका छन्  । भुटानका राजा जिग्मे खेसार नाम्गेल वाङचुकले वर्षौँको सहयोग र विशेष गरी कोभिड–१९ को महामारीको समयमा विस्तार गरिएको सहयोग र समर्थनको चर्चा गरे । 

भुटानका राजाले भारतद्वारा विना सर्त बर्षौँदेखि पुर्‍याउँदै आएको र विशेष गरी महामारीको दौडान विस्तार गरिएको सबै मैत्रीपूर्ण सहयोग र समर्थनको चर्चा गर्दै भारतीय प्रधानमन्त्री पुरस्कारका लागि धेरै योग्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

पुरस्कारका लागि भुटानका राजा र जनताको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिइएको छ । 

महामारी सुरु भएदेखि नै भारतले भुटानलाई कोभिड–१९ विरुद्धको खोप तथा अन्य चिकित्सा उपकरणको सहयोग प्रदान गर्दै आएको छ ।