काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ ।
कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा छ ।