काठमाडौँ । मंगलबार(आज) सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।