भिरबाट लडर पतिपत्नीको मृत्यु

न्युजलय ३ पुस २०७८, शनिवार ०८:४१ मा प्रकाशित

काठमाडौं । गुल्मीमा भिरबाट लडेर पतिपत्नीकै मृत्यु भएको छ। मुसिकोट नगरपालिका–१ बांगेस्थित सिख्रा सामुदायिक वनको भिरबाट लड्दा स्थानीय २६ वर्षीय मनु सार्की र उनकी पत्नी २५ वर्षीया ज्ञानु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

ससुराली जाने क्रममा उनीहरू भिरबाट खसेका स्थानीयले बताएका छन्। भिरबाट खस्दा गम्भीर घाइते भएका उनीहरुको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।


घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।