इटहरी । इटहरी–५ स्थित बराह टोल विकास संस्थाले सर्पको टोकाइ तथा रोकथामका बिषयमा साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आफ्नै भवनमा टोल भित्र बसोबास गर्ने टोलबासीहरुलाई सर्पको टोकाइ र सर्प सम्बनधी जानकारी गराउने उद्देशयले साक्षातकार कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष संजिब कट्वालले बताए ।
साक्षात्कार कार्यक्रममा प्रमुख अतिथी सर्प खोज तथा अनुसन्धान अभियानता प्रेम बिष्टले सर्पले मान्छेलाई टोक्दैन् उसलाई चलायो भने र उसलाई दखल पर्यौ भने मात्र आफ्नो सुरक्षकोलागी टोक्ने बताए । यस्तै उनले सर्पलाई मारीयो भने हाम्रो वातावरणमा असर त पर्छ नै भावी पुस्तालाई समेत यस्ले ठुलो असर पार्ने बताए ।
कार्यक्रममा इटहरी महिला संजाल उपाध्यक्ष तथा मायाघर संचालीका शुभद्रा प्याकुरेलसहित ७० जना टोलवासीको उपस्थिती रहेको थियो ।