इटहरी । इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सुनसरी र मोरङमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचतले पत्रकार सम्मेलनको आयोजना गरि रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिने जानकारी गराएको हो । रजत जयन्तीको अवसरमा स्मारिका समेत प्रकाशन गरिएको सुब्बाले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष अमृता सुब्बाले इटहरीमा बिहिबार बिहान प्रभातफेरी आयोजना गरिने तथा आगामी शुक्रबार २४औं बार्षिक साधारणसभाको आयोजना गरिने जानकारी दिईन् ।
उनले चिकित्सा शात्र र पीएचडी गर्ने सेयर सदस्य तथा सेयर सदस्यका सन्तती, जेष्ठ सेयर सदस्य, विभिन्न तहमा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तती, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिने समेत बताइन् ।
महिला सेयर सदस्य अधिक रहेको महिला बचत २०५५ सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९ हजार १ सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७ हजार २ सय र निक्षेप ५५ करोड १० लाख ७८ हजार ३ सय ७० रुपैंया पुगेको सो अवसरमा बताइएको छ । महिला बचत तथा ऋण सहकारीले महिलाहरुका क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका सिप मुलुक तालिमहरुको आयोजना समेत गर्दै आएको छ ।