मेष । सकारात्मक विचारमा रहदा लाभ रहनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आसमर्दो कार्य बन्नाले मनमा स्फूर्ति जाग्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृष । पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ला। स्वास्थ्यलाई लिएर आहारविहारमा सजकता अपनाउनुहोस्। नोकरी वा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । समय आफ्नो अनुकुल हुदा मन प्रसन्न रहनेछ। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिलेता पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह । सामाजिक तथा सेवामूलक कार्यमा मन लाग्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकको सुझाव र सन्तानको सहयोग लाभदायी रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या । प्रतिक्षा गरिएको नतिजा सबल रहनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
तुला । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हुदै जानेछ। रोकिएको काममा इष्टमित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । बिछोडिएका आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। नोकरी वा पेशामा मेहनतले आफ्नो सम्मान स्थान प्राप्त गर्न सक्नुहुनेछ। उद्योग व्यापारमा फाइदा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
धनु । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मकर । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। शेयर बाजारमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । कार्यक्षेत्रमा आफ्नो कर्तव्य निभाउनुमा आलस्य नगर्नुहोला। लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। नोकरी वा पेशामा अधिकारीहरुबाट सहयोग पाइएला। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन । महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। नयाँ कार्य थाल्नुभन्दा अघि उपयुक्त समयको चयन गर्नुहोला। विद्यार्थीहरूको निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।