बढ्यो सुनको मूल्य

न्युजलय ३ चैत २०७८, बिहिबार ११:४२ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १२ रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार(आज) ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ । 

यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै आज एक हजार ३९० रुपैयाँ पुगेको छ ।