काठमाण्डौ । इक्वेडरमा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ ।
सो दुर्घटनामा अरू २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो ।
त्यसमा परेर १८ जनाको ज्यान एको र अरू २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।