काठमाण्डौ । सोलुखुम्बुमा तिब्बतीयन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको टोलीले सोलुदूधकुण्ड नगरपालिका–२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सिफारिस लिएर आएकामाथि कर्मचारीले शंका व्यक्त गरेपछि अनुसन्धान थालिएको थियो ।
सिफारिस लिने व्यक्ति तिब्बतीयन भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा सोलु बेनीका ४ व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
ती व्यक्तिलाई म्याद थप गरेर अनुसन्धानको तयारी गरिएको छ । त्यसपछि मात्र घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले बताएको छ ।