काठमाडौँ । बिहीबार(आज) सुनको भाउ सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ३ हजार ४०० कायम भएको छ।
आज चाँदी भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।