गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार

न्युजलय २० कार्तिक २०७९, आइतबार १०:४३ मा प्रकाशित

काठमाडौं। गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको छ। संखुवासभा खाँदबारी पाङ्ठामा शुक्रबार राति भएको एक साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।

उनले साङ्गीतिक कार्यक्रम प्रस्तुत दिन लाग्दा उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

ढुङ्गा कसले प्रहार गर्‍यो भन्ने कुरा खुल्न सकेको छैन। ढुङ्गा प्रहार भए पनि अधिकारीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन्।

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए।