आज ८० औं जन्मदिन मनाउँदै अमिताभ बच्चन

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०९:२९ मा प्रकाशित

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनले आज आफ्नो ८० औं जन्मदिन मनाउँदै छन् ।  

 

उनको जन्म सन् १९४२, ११ अक्टुवरमा भएको थियो । विश्व युद्ध चलिरहेको अवस्था र ‘भारत छोडो आन्दोलन’ चर्किरहेको समयमा उनको जन्म भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।


उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् । 

 

जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन् । 


११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष अमिताभले योगदान गरेका छन् ।