प्रदेश १ मा आज थप १२ जनामा कोरोना पुष्टि

न्युजलय १० पुस २०७८, शनिवार ०६:३३ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको छ ।  


यस्तै, प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् । अहिले सक्रिय संक्रमितको संख्या १०२ रहेको सो मन्त्रालयले जनाएको छ ।