वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

न्युजलय १० चैत २०७९, शुक्रबार ०७:३४ मा प्रकाशित

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हाक्की स्वभावकी थिइन् ।

लामो समयसम्म रेडियो नेपालमा काम गरेकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । ताम्राकार केही समयअघि उज्यालोले प्रसारण गर्ने कोरोना क्याप्सुलको प्रस्तोता समेत थिइन् । उनको आज दाहसंस्कार गरिने जनाइएको छ।