कलालय इटहरीले १५ दिने कार्यशाला गर्दै

न्युजलय २१ चैत २०७९, मङ्गलबार ०३:०१ मा प्रकाशित

इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । 

विद्यार्थी आफैले लेखन, निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।

कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।

यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका कलाकार र केही नयाँ विद्यार्थीको टिमले नाटक प्रस्तुत गर्दै आएको अवस्थामा यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता दिइएको उनले बताए ।

कार्याशालामा ५० जना विद्यार्थीहरुलाई  सहभागी गराईनेछ । कार्यशालाको अन्तिम दिन नाटक मन्चन गर्ने उनले जानकारी दिए । यस पटक ४ देखी ५ वटा नाटक मन्चन गर्ने योजना रहेको उनले बताए ।

कलालयको स्कूल थिएटरको सातौँ श्रृङ्खला सम्म आइपुग्दा एक हजार बढि विद्यार्थी कलाकारहरु उत्पादन गरेको छ।