इलाम । नेकपा एमालेका तर्फबाट इलाम–२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले इलामले नेम्वाङको नाम एकल सिफारिस गरेको थियो ।