सुनको मूल्यले बनायो कीर्तिमान

न्युजलय २६ भदौ २०८१, बुधबार ११:५८ मा प्रकाशित

 काठमाडौँ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान बनेको हो । 

आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो । 

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ तोकिएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।