आजको सुनचाँदीको भाउ

न्युजलय २९ फाल्गुण २०८०, मङ्गलबार ११:४२ मा प्रकाशित

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ रहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँ रहेको महासंघले जनाएको छ।