सडकमा गुडिरहेको माइक्रोबस घरभित्र छिरेपछि....

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार ०१:३९ मा प्रकाशित

चितवन। सडकमा गुडिरहेको माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । 

सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हुत्तिएको हो ।

पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार(आज) बिहान उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना यात्रुहरु घाइते भएका छन् ।

एउटै साइडमा रहेको बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते यात्रुहरुको भरतपुरमा उपचार भइरहेको छ ।