कर्सियास्थित सिटिजन्स बैंक लुटपाटमा संलग्न चार जना जेल चलान

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०२:१७ मा प्रकाशित

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाटमा संलग्न मुख्य अभियुक्तसहित चार जना जेल चलान भएका छन्। 

मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने मुख्य नाइकेसहित चार जना जेल चलान भएका हुन्। 

मोरङ अदालतले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई  पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। 

मोरङ जिल्ला अदालतले विराटनगर–८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।  

अदालतको आदेशपछि उनीहरू पुर्पक्षको लागि मोरङ कारागार चलान भएको अदालतले जनाएको छ। पक्राउ परेकामध्ये मुखियाको योजना अनुसार बैंक लुटपाट भएको थियो।

असोज २५ गते कर्सियाको  सिटिजन्स बैंकदेखि २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट  खुलेको हो।