अछाम । अछाममा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।
कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।