काठमाडौँ । सोमाबार शेयरबजार परिसूचक नेप्से ३४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३४.६३ अंकले घट्दै २ हजार ७०४.०८ अंकमा झरेको हो ।
आज कारोबार रकममा समेत गिरावट आउँदै जम्मा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड ७ लाख ४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज २४० कम्पनीको शेयर मूल्य घट्दा जम्मा २७ वटा कम्पनीको मात्र वृद्धि भएको छ ।