मलेसियामा कार्यरत सुनसरीका ठाकुरको मृत्यु

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ११:२५ मा प्रकाशित

काठमाण्डौ । मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा विगत पाँच वर्षदेखि कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।

मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए।

उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जनाएको छ ।