इटालीबाट भारत आएको जहाजमा सवार १२५ यात्रुमा देखियो कोरोना

न्युजलय २२ पुस २०७८, बिहिबार ०४:१६ मा प्रकाशित

काठमाण्डौ । भारतमा एउटै फ्लाइटमा आएका १२५ यात्रुमा कोरोना संक्रमण देखिएको छ।

बिहीबार(आज) एउटै फ्लाइटमा सवार १२५ यात्रुमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ।  

इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रुमा संक्रमण देखिएको जनाइएको छ ।सो विमान चार्टर्ड गरिएको थियो। त्यसमा १७९ जना सवार थिए।

जसमध्ये १६० जनाको अवतरणपछि परीक्षण गरिएको थियो। बाँकी १९ जना बालबालिका भएको कारण उनीहरूको परीक्षण नगरिएको जनाइएको छ ।