इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण हुनु राम्रो भएको टिप्पणी गरेका छन् ।
इटहरीमा नेकपा एसले पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेपालले कोशी प्रदेश नामकरण उपयुक्त भएको बताएका हुन् ।
कोशी प्रदेश सचिवालयले सकारात्मक तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको नेपालले बताए ।
यता प्रदेशको नाम कोशी प्रदेश राख्ने भन्ने विषयमा भने नेकपा एकीकृत समाजवादीका सांसदले विपक्षमा मत हालेका थिए ।
कोशी प्रदेशले पहिचान नसमेट्ने भन्दै नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले ‘किरात, लिम्बूवान, शेर्पालुङ’ प्रदेशको प्रस्ताव गरेका थिए ।