काठमाण्डौ । आइतबार (आज) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।
यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ ।