काठमाडौं । मंगलबार(आज) सुनको मूल्य २ सयले बढेको छ।
अघिल्लो कारोबार दिन सोमबार ३ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ।
सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।