काठमाडौँ । सुनको मूल्य शुक्रबार घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।