सुनको मूल्य घट्यो

न्युजलय २२ जेठ २०८३, शुक्रबार ११:३३ मा प्रकाशित

 काठमाडौं । शुक्रवार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रवार घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।