घट्यो सुनको मूल्य

न्युजलय १७ कार्तिक २०७८, बुधबार ०६:१४ मा प्रकाशित

काठमाडौँ । बुधबार (आज) सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँपनि मूल्य घटेको हो ।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।