कांग्रेसको भोजपुर जिल्ला सभापतिमा बान्तावा निर्वाचित

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०३:५१ मा प्रकाशित

 भोजपुर । नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । उनी १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका लागि तीन जना प्रतिस्पर्धीमध्ये वान्तावाले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । सभापतिको लागि बान्तावासहित नन्दमणी राई र बालकृष्ण थापाले प्रतिस्पर्धामा गरेका थिए ।

कुल मतमध्ये वान्तावाले ४ सय १५ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नन्दमणीले ३ सय ९२ र थापाले ३ सय ९२ मत पाए । तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि सहमतिको आधारमा बान्तावा सभापति बनेका हुन् ।

कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेका खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

सो व्यवस्था अनुसार पहिलो र दोश्रो मत ल्याउने बीच निर्वाचन गर्नुपर्ने हुन्छ । तर निर्वाचनमा नगएर सहमतिको आधारमा वान्तावा सभापति बनेको बताइएको छ ।