इटहरीबाट गाँजासहित दुई जना पक्राउ

न्युजलय १९ पुस २०७८, सोमबार ०३:१२ मा प्रकाशित

 इटहरी । इटहरी–२० बाट गाँजासहित २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका–१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन् ।

प्रहरी चौकी तरहराबाट तरहरा चोकस्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि  प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा शङ्का लागि दुवैजनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजासहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।