सुनको मूल्य घट्यो

न्युजलय २४ असोज २०८२, शुक्रबार ११:१७ मा प्रकाशित

काठमाडौं ।  शुक्रबार सुनको मूल्य ४ हजार २ सयले रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४२ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३५ हजारमा झरेको हो। बिहीबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० पुगेको थियो।

सुनको मूल्य घटेपनि चाँदी भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ कायम भएको छ।