सुनसरी । सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १० वसियन पार्कका ४५ वर्षीय धनप्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल इटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ वर्षीय दगेन्द्र तिमल्सिना रहेका छन्।
शनिबार दिउँसो ३ बजे घरको पिलर लगाउने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट लागेर घाइते भएका तामाङको उपचारका लागि विराट टिचिङ ल्याएकोमा अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो।
तिमल्सिनाको अपराह्न ४ बजे घरनजिकै नहरको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।