इटहरी । इटहरीको मुख्य चोकमा रहेको गोलाइ भत्काइने भएको छ । बगैँचा सहितको उक्त गोलाइ भत्काएर सानो बनाउन लागिएको हो ।
ट्राफिक चाप बढेपछि ट्राफिक प्रहरी कार्यालयले गोलाइ सानो बनाउने पहल थालेको थियो । इटहरी उपमहानगरपालिकाले समेत सहमती जनाएपछि उपमहानगरपालिकाकै पहलमा उक्त गोलाइ भत्काउन लागिएको हो ।
निकै पहिले काठको सानो गोलाइ राखीएको इटहरी चोको गोलाई पछि तात्कालिन राजा वीरेन्द्रको प्रतिमासँगै वरपर बारबेरा गरेर पक्का बनाइएको थियो ।
पछि २०६२/६३ को जनआन्दोलनमा शालिक भत्काइएपनि गोलाई भने यथावत रहेको थियो । यो ठूलो गोलाइ भत्काएर सानो बनाइनेछ । उक्त स्थानमा पृथ्वी आकृतिको प्रतिमा बनाउने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको थियो । तर राजमार्ग विस्तारको काम भइरहेकोले रोकिएको छ ।