विराटनगरमा प्रतिबन्धित रेडबुल बिक्री हुँदै

न्युजलय २३ असोज २०७८, शनिवार ११:३६ मा प्रकाशित

विराटनगर । विराटनगरमा प्रतिबन्धित रेडबुल बिक्री वितरण हुने गरेको छ। सरकारले आयातमा नै प्रतिबन्ध लगाएको ऊर्जा पेय पदार्थ रेड बुल विराटनगरमा बिक्री वितरण भइरहेको पाइएको हो । ।

केही अघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले विराटनगर गरेको बजार अनुगमनको क्रममा प्रतिबन्धित विदेशी रेडबुल फेला पारेको हो। 

कार्यालयले विराटनगरको–११ स्थित पञ्चमुखी चौकस्थित सञ्चालनमा रहेको चिरञ्जीवी जनरल स्टोर र  कञ्चनबारीस्थित रहेको अभिषेक ट्रेडर्समा ३० पिस कार्यालयले नियन्त्रणमा लिएको शाखा अधिकृत सन्तोष पोखरेलले जानकारी दिएजनाइएको छ ।

रेडबुलमा क्याफिनयुक्त पदार्थ रहेकाले स्वास्थ्यलाई हानि पुर्‍याउने भएकाले विदेशी रेडबुललाई सरकारले आयातमा नै प्रतिबन्ध लगाएको बताइएको छ ।