उदयपुर । गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार(आज) बिहान मृत्यु भएको छ ।
गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको ढोकाबाट झरेर विराटनगर –५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जंगलमा भएको हो । उनी गाईघाटस्थित आफन्तको पुगेर फर्किने क्रममा बसबाट झरेका हुन ।
त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेका शर्मा चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बताइएको छ । शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ ।
बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।