पाँचथरको फालेलुङमा आगलागी, ५० लाखको क्षति

न्युजलय १४ पुस २०७८, बुधबार १०:४१ मा प्रकाशित

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा ३ वटा घर जलेका छन् ।

मंगलबार राति स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जल्दा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।